प्रकाशित मिति : शनिबार, फाल्गुन ७, २०७८
झापा, ७ फागुन । जिल्ला कारागार झापाबाट ७२औँ प्रजातन्त्र दिवसका अवसरमा आज विभिन्न मुद्दाका एक भारतीयसहित १५ कैदीबन्दी रिहा भएका छन् ।
कर्तव्य ज्यान, बहुविवाह, सवारी ज्यान र डाका मुद्दाका कैदीबन्दीको भुक्तान हुन बाँकी कैद सजाय माफी मिनाहामा परी उनीहरु छुटेका हुन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार कर्तव्य ज्यानमा पाँच, डाका मुद्दाका चार, सवारी ज्यानमा एक र बहुविवाहमा पाँच जना रिहा भएका हुन् । बाइस वर्ष उमेर समूहदेखि ६६ वर्षसम्म उमेर भएका कैदीबन्दी छुटेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij