आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नौ लाख पचास हजारसहित भारतीय युवक पक्राउ

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १२, २०७८



  • महोत्तरी, १२ फागुन । भारतबाट स्रोत नखुलेको रु नौ लाख बढी रकमसहित नेपाल प्रवेश गरेका एक युवकलाई महोत्तरी प्रहरले बुधबार पक्राउ गरेको छ ।

    पक्राउपर्नेमा भारतको विहार राज्यको सीतामढी जिल्लाको सिरसिया ग्रामपञ्चायत बस्ने २० वर्षीय दीपककुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

    बुधबार अपराह्न करिब ४ बजे भारतको सिरसियाबाट बीआर ३० एबी ८३४६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा कम्बलभित्र रातो प्लाष्टिकको झोलामा बेरिएर नेपाल ल्याउँदै गरेको रु नौ लाख ५० हजारको मनरासिस्वा नगरपालिका–२ स्थित सीमानाका नजिकैको कट्टी गाउँमा खटिएका नेपाल प्रहरीले शङ्काका लागि जाँच गर्दा भारतीय युवक दीपक रकमसहित पक्राउ परेका हुन् ।

    स्रोत नखुलेको रु नौ लाख ५० हजार, मोटरसाइकल र पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालयले बुधबार साँझ आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij