आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

महाशिवरात्रि नजिकिएसँगै पशुपतिमा आउन थाले बाबाहरू (तस्बिरहरू)

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १४, २०७८



  • महाशिवरात्रि नजिकिएसँगै पशुपतिमा आउन थाले बाबाहरू आउन थालेका छन्।

    पशुपति क्षेत्रमा अहिले बाबाहरूको चहलपहल सुरू भएको छ। आउँदो मंगलबार महाशिवरात्रि मनाइँदै छ।

    विगतका वर्षहरू जस्तै यसवर्ष पनि पशुपतिनाथको मन्दिर परिसरमा बाबाहरू आउने क्रम सुरू भएसँगै महाशिवरात्रिको रौनक बढेको हो।

    भगवान् शिवको प्रमुख पर्व मानिने महाशिवरात्रि मनाउन नेपालका विभिन्न भूभागसहित छिमेकी मुलुक भारतबाट बाबाहरू आउने गर्दछन्।

    पर्व सकिएपछि भारतबाट आएका बाबाहरूलाई पशुपति क्षेत्र विकास कोषले ससम्मान दानदक्षिणासहित बिदा गर्ने परम्परा छ ।

    पशुपति क्षेत्र अहिलेदेखि नै सिंगारिएको छ।

    फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij