आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

यार्सा टिप्‍न जाँदा मुगुमा दुई दिनको अन्तरमा दुई जनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २२, २०७९



  • मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा सङ्‍कलन क्षेत्रमा लेक लागेर दुई दिनको अन्तरालमा दुई जनाको मृत्यु भएको छ । मुगम कार्मारोङ गाउँपालिका–७ महगाउँका १६ वर्षीय असल तामाङको शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो ।

    उनी मङ्ंग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालयमा कक्षा– ९ मा अध्ययनरत थिए । पैसा कमाउन अध्ययन छाडेर टाके पाटन क्षेत्रमा उनी यार्सा टिप्‍न गएका थिए ।

    तर, लेक लागेर सिकिस्त बिरामी भएका थिए । उनलाई बोकेर घरतर्फ ल्याउँदै गर्दा छोटेचौर भन्ने स्थानमा मुत्यु भउको मुगुम कार्मारोङ गाउँपालिका– ७ का वडा अध्यक्ष शशांक लामाले जानकारी दिए ।

    उनका अनुसार यसअघि बुधबार राजबहादुर सिंहको लेक लागेर मृत्यु भएको थियो ।

    उनी यार्सा सङ्‍कलकको सुरक्षार्थ खटिएका जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत प्रहरी हवल्दार हुन् । उनलाई कोइकी पाटनमा लेक लागेको थियो ।

    लेक लागेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी उनलाई कोहलपुर शिक्षण अस्पतालमा पुर्‍याइएको थियो ।

    उनको त्यहाँ उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमालले बताए ।

    यार्सा टिप्‍न जाँदा ‘हाईअल्टिच्युड’का कारण लेक लागेर बिरामी हुने र तत्कालै उद्धार तथा औषधी उपचार नहुँदा वर्षेनी अकालमा धेरै सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् ।

    यार्सा टिप्‍न भन्दै ज्यानको बाजी थापेर समुद्री सतहदेखि करिब ४५ सयदेखि ५५ मिटर उचाइको हिमरेखा क्षेत्रमा सर्वसाधारण यार्सा सङ्‍कलन गर्न जाने गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij