आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

देशभरकाे माैसमकाे अवस्था आज कस्ताे ?

  • प्रकाशित मिति : बुधबार, असार १, २०७९



  • काठमाडाैं । हाल देशको प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेकाे छ। अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

    आज (बुधबार) बिहान प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेकाे छ । बाँकी भू-भागमा भने आंशिक बदली रहेको छ। प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

    बुधबार दिउँसो प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली हुनेभएकाे छ । बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ। साथै प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

    बुधबार राती भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा सामान्य बदली हुनेछ। बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा हुने भएकाे छ । साथै प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

    साथै प्रदेश-१ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij