
लगनखेलस्थित ‘ललितपुर मोबाइल कम्प्लेक्सले’ आयोजना गरेको ‘मोबाइल एक्स्पो २०१७’ फोरजी एलटीई नेटवर्क सपोर्ट गर्ने मोबाइल सेटप्रति अवलोकनकर्ताहरुको आकर्षण देखिएको छ।
हालैमात्र नेपाल पटेलिकमले काठमाडौं रपोखरामा संचालमा ल्याएको फोरजी सेवाप्रति ग्राहकहरुको आर्षण बढेकोले पनि त्यही नेटवर्क सपोर्ट गर्ने मोबाइलप्रति आकर्षण बढेको मलका अध्यक्ष पुरुषेत्तम बस्नेतले जानकारी दिए।
‘मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर’ भन्ने मुल नाराका साथ माघ १४ गतेदेखि माघ २२ गतेसम्म चल्ने एक्स्पोमा फोरजी स्मार्टफोनहरु विशेष मूल्यमा उपलबध गराइरहेको आयोजकहरुले जानकारी दिएका छन्।
।
अहिलेका स्मार्टफोनहरुमध्ये ह्वावे जीआर५,सामसंगको ग्यालेक्सी जे सेभेन प्राइम, जिओनीको एस सिक्स एस, जोप्पोको कलर एफ ५ तथा लिएगो ब्राण्डको एमएस प्लस एलटिई स्मार्टफोनहरुमा फोरजी एलटिई नेटवर्क सपोर्ट गर्छ।
यी बाहेक अन्य ब्राण्डका स्मार्टफोनहरु एचटिसीको डिजायर सिरिज, जेडटिईको ब्लेड सेभेन, माइक्रोम्याक्सको क्यानभास सिक्स, ओप्पोको एफ वान एस, लाभाका बिभिन्न मोडलहरु तथा वान प्लस थ्री स्मार्टफोनमा पनि फोरजी प्रयोग गर्न सकिन्छ ।