आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

आज इन्द्रजात्रा पर्व मनाइँदै

  • प्रकाशित मिति : शुक्रबार, भदौ २४, २०७९



  • काठमाडौं । काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा आज शुक्रबार धुमधामसाथ मनाइँदैछ । उपत्यकाका जात्राहरु मध्येको प्रमुख जात्रा मानिने ईन्द्रजात्रा हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाउने गरिन्छ ।

    एक सातासम्म मनाइने यस पर्वमा शुक्रबार कुमारी, गणेश र भैरवको रथयात्रा निकाल्ने गरिन्छ । आजै अपरान्ह बसन्तपुरस्थित गद्दी बैठक अगाडि आयोजना हुने विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी, गणेश र भैरवको रथयात्राको अवलोकन गर्नुका साथै पूजा गर्नु हुनेछ ।

    भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

    भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

    यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाउने गरिन्छ ।

    सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij