आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

अछाममा पहिरोमा परि मृत्यु हुनेहरुको सनाखत, ६ जनाको खोजि हुँदै

  • प्रकाशित मिति : शनिबार, अशोज १, २०७९



  • कैलाली । अछाममा गयराती गएको बाढी पहिरोबाट मृत्यु र भएकाहरुको सनाखत भएको छ ।

    मृत्यु हुनेमा जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ६ निवासी ३० वर्सिय अमृता कामी, १७ वर्सिय सरिता कामी,२१ वर्सिय अर्धना कामी,९ वर्सिय निखिल कामी ,३६ वर्सिय मैनकला कामी ,१५ वर्सिय गिता कामी र १२ वर्सिय सिरु कामी रहेका छन् भने सोही नगरपालिकाको वडा नम्बर ८ निवासी २६ वर्सिय गम्भीर दमाई, २३ वर्सिय भाना दमाई ,६ वर्सिय डिक्रा दमाई, ३ वर्सिय कलु दमाई र ४ वर्सिय कल्पना दमाई रहेकाछन ।

    त्यस्तै मृत्यु हुनेमा ढकारी गाउँपालिका वडा नम्बर ६ निवासी २ वर्षका नवीन बुढा ,तुर्माखाद गाउँपालिका वडा नम्बर ५ निवासी १६ वर्सिय जानकी शाही ,२१ वर्सिय भावना शाही ,४५ वर्सिय नेत्र बहादुर शाही ३६ मनिशा शाही रहेका छन् ।

    कमलबजार नगरपालिका वडा नम्बर ६ निवासी ८५ वर्सिय भक्त कामी ,४२ वर्सिय इन्द्रसिंह कामी ,३८ वर्सिय डिक्रा कामी ,१२ वर्सिय कल्पना कामी, १२ वर्सिय ममता कामी ,१० वर्सिय सुशील कामी र २ वर्सिय सफलता कामी लगायत घाइतेहरुको स्थानीयको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।

    कमलबजार नगरपालिका वडा नम्बर ८ निवासी घाइते ६५ बर्सिय खन्टी दमाईको कमलबजार प्राथमिक स्वास्थ केन्द्रमा सामान्य उपचार पछि घर फर्काइएको छ ।

    ६२ वर्सिय हर्क बुढा ,२१ वर्सिय चन्द्रा देबि बुढा र १३ वर्सिय धर्म बुढा गम्भिर घाइते भएकछन् । घाइते तिनै जनाको नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारको लागि सुर्खेत प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij