आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

उपमहानगरपालिकाले तीर्थयात्राका लागि ज्येष्ठ नागरिकलाई पठायाे मुक्तिनाथ

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ३, २०७९



  • काठमाडाैं । धनगढी उपमहानगरपालिकाले १२२ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्राका लागि मुस्ताङको मुक्तिनाथ पठाएको छ । नगरका सबै १९ वटै वडाबाट छानिएका एक सय २२ जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथमा तीर्थ गर्न पठाइएको उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

    ज्येष्ठ नागरिकलाई नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला राना र वडाध्यक्षहरुले संयुक्त रुपमा खादा र टीकासहित बिदाइ गर्नुभएको हो । नगर प्रमुख हमालले ज्येष्ठ नागरिकको सम्मानका लागि वार्षिक स्वीकृत कार्यक्रमअनुसार तीर्थयात्रामा पठाएको जानकारी दिनुभयो ।

    नगर प्रमुख हमालका अनुसार प्रत्येक वडाबाट कम्तीमा पाँच जनाका दरले ज्येष्ठ नागरिक छनोट गरिएको छ भने समाजमा विशिष्टकृत योगदान गरेका तर ज्येष्ठ नागरिकको परिभाषाभित्र पर्ने व्यक्तिहरुलाई पनि भ्रमणमा समेटिएको छ ।

    उपमहानगरपालिकामा सेवा गरी चालु आर्थिक वर्षभित्र अवकाश प्राप्त गर्ने कर्मचारीहरु पनि भ्रमणमा गएका छन् । भ्रमणको व्यवस्थापनको काम लक्ष्मीनारायण मन्दिरले गर्नेछ भने सहजीकरणका लागि उपमहानगरपालिकाको स्वास्थ्य शाखा र सामाजिक विकास शाखाका कर्मचारीलाई पठाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij