आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

दिउँसो ज्याला मजदुरी गरेर रातिमा अध्ययन गर्छन् विराट महेन्द्र रात्रि माविमा विद्यार्थी

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १७, २०७९



  • मोरङ । विराटनगर–२ मा रहेको श्री विराट महेन्द्र रात्रि माध्यमिक विद्यालयमा सम्भ्रान्त परिवारका विद्यार्थी अध्ययन गर्दैनन् । दिउँसो ज्याला मजदुरी गरेर पेट पाल्ने, घरमा घरेलु कामदारको रूपमा काम गर्ने र उद्योगमा मजदुरको रूपमा काम गर्नेहरू नै यस विद्यालयका विद्यार्थी हुन् । विद्यालयमा साँझ पाँच बजेदेखि रातिको नौ बजेसम्म पठन पाठन हुने गरेको छ ।

    कक्षा पाँचदेखि १० सम्म पढाइ हुने योे रात्रि विद्यालयमा अधिकांश विद्यार्थी १६ वर्षदेखि माथि ५५ वर्षसम्मका छन् । चौहत्तर जना विद्यार्थी रहेको यो विद्यालयमा ४६ वर्षीया रीना लिम्बू कक्षा १० अध्ययनरत छिन् ।

    लिम्बूका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा कतारमा छन् । लिम्बूले दिउँसो सानोतिनो काम गर्नु हुन्छ भने छोराछोरीको स्याहार सुसार गर्नुपर्ने बाध्यता पनि छ । विराटनगर–४ खारजी बस्ने लिम्बूको पढ्ने सोखमा भने कुनै कमी आएन । सङ्खुवासभाको चैनपुरबाट विवाह भई २०५२ सालमा बसाइँ सराइ गरी विराटनगर आएपछि लिम्बूले अध्ययनलाई अगाडि बढाउन पाइनन् ।

    तर दुई वर्षअघि लिम्बूलाई पुनः पढ्ने रहर चढ्यो र यस रात्रि विद्यालयमा कक्षा ८ मा भर्ना भइन् । लिम्बुले उच्च शिक्षा हासिल गर्ने मन बताउँछिन् ।

    रात्रि विद्यालयमा कतिपयले भर्ना लिएपनि विभिन्न समस्या र बाध्यताका कारण बीचैमा अध्ययन छाड्ने गरेको विद्यालयकी प्राचार्य दुर्गा निरौलाले बताइन् । उनका अनुसार फुर्सत पाएपछि श्रमिक महिला र पुरूषहरू रातको समयमा विद्यालयमा पढ्न आउने गर्छन् । रात्रि विद्यालयमा पढेका विद्यार्थी कोही सरकारी कर्मचारी भएको र कोही सशस्त्र प्रहरीमा भर्ना भई कैयौँका लागि प्रेरणाको स्रोत बनेको प्राचार्य निरौलाले बताइन् ।

    रात्रि विद्यालयका समस्या पनि प्रशस्तै छन् । विद्यालयमा चौकीदारको व्यवस्था नहुँदा रातको समयमा असामाजिक तत्वले बाधा पु¥याउने खतरा उत्तिकै छ । एक त विद्यालयमा बत्ती पुगेको छैन, त्यसमाथि भएको इन्भर्टर पनि बिग्रिँदा विद्युत् अवरोध भए असमयमा नै विदा दिनु पर्ने अवस्था छ । विद्यालयसँग आफ्नै सवारी साधन नहुँदा महिला विद्यार्थी र शिक्षक कर्मचारीलाई रातको समयमा रात्रि विद्यालय आउजाउ गर्न सकस छ ।

    सहायक प्राचार्य खुशीराज गौतमले दिउँसो कामको कारण पढ्न नपाएकाहरूका लागि विद्यालयले रातको समयमा पढ्ने अवसर जुराइदिएको बताए। खाने मुखलाई जुँगाले छेक्न सक्दैन भने झैँ इच्छा भए रातको समयमा पनि विद्या प्रदान गर्न यो विद्यालय २०१५ सालदेखि अडिग छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij