आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

मधेश प्रदेशको सभामुखमा एमालेका मण्डल निर्वाचित

  • प्रकाशित मिति : मङ्लबार, माघ ३, २०७९



  • काठमाडौं । नेकपा एमालेका रामचन्द्र मण्डल मधेश प्रदेशको सभामुखमा निर्वाचित हुनु भएको छ ।

    मंगलबार प्रदेश सभामा भएको सभामुखको निर्वाचनमा मण्डल ७४ मत पाएर निर्वाचित हुनु भएको हो । सत्ता गठबन्धनमा रहेका दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजावादी र ४ स्वतन्त्र सांसदले मण्डलको पक्षमा मतदान गरेका थिए ।त्यसैगरी नेपाली कांग्रेसबाट सभामुखमा उम्मेदवार बन्नु भएका जंगीलाल रायलाई भने २९ मत प्राप्त भएको थियो ।

    मण्डल धनुषा क्षेत्र नम्बर १ (ख)बाट दोश्रोपटक निर्वाचित सांसद हुनुहन्छ । मण्डलको विपक्षमा कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले मतदान गरेका थिए । मधेश प्रदेश सभामा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९/९ र पाँचजना स्वतन्त्र सांसद छन् ।

    त्यसैगरी एकीकृत समाजवादीका ७ सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १/१ जना सांसद छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij