आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यूएसएआईडी प्रमुख सामन्था नेपाल भ्रमणमा आउँदै

  • प्रकाशित मिति : बुधबार, माघ १८, २०७९



  • काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर नेपाल भ्रमणमा आउनु हुने भएको छ ।

    युएसआइडीले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी दिएको हो । उहाँ फागुनको पहिलो साता नेपाल आउने विज्ञप्तिमा उल्लेखछ। यूएसएआईडीकी प्रमुख सामन्था नेपाल बस्दा नागरिक समाजका अगुवाहरू,सामुदायिक समूहहरू,विद्यार्थीहरू,व्यवसायीहरू र सरकारी अधिकारीहरूसँग भेट गरी नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउनका लागि गर्न सकिने प्रयास र उपलब्धिहरूबारे छलफल गर्नुहुने विज्ञिप्तिमा उल्लेख छ ।

    सामन्थाको भ्रमणका क्रममा नेपाल सरकार र नेपाली जनतासँग संयुक्त राज्य अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिईने पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा संघीयता, सामाजिक समावेशीकरण, नागरिक समाज, र मिडिया स्वतन्त्रतामा लोकतान्त्रिक लाभहरूलाई सुदृढ गर्न र गति निर्माण गर्न नयाँ प्रयासहरूको घोषणा गर्ने उल्लेख छ ।

    सन् २००२ मा तत्कालीन अमेरिकी विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij