शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नेपाली विद्यार्थीले बनाए घामबाट चल्ने कार (भिडियोसहित)

  • प्रकाशित मिति : आइतवार, माघ २३, २०७३



  • काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ३ दिनदेखि जारी बिज्ञान प्रर्दशनी समापन भएको छ । सातौ राष्ट्रिय मेकानिकल प्रर्दशनीमा मेकानिकल इन्जिनियरिङ पढ्दै गरेकाहरुले विभिन्न प्रविधिहरुको स्टल राखेका थिए ।

    प्रविधि मेलाको सबैभन्दा आकर्षणको केन्द्र बनेको थियो सोलारबाट चल्ने कार । सोलार कार पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखराका ८ जना बिद्यार्थीहरुको समूहले निमार्ण गरेको हो । उनीहरुले यसलाई नेपालको पहिलो सोलार कार भएको बताएका छन् ।

    ४ जना बस्न मिल्ने यो कारको छतमा राखिएको सोलार प्यानलको मद्धतले गुड्ने मेकानिकल इन्जिनियरिङका बिद्यार्थीले बताए ।


    पुल्चोक क्याम्पसका मेकानिकल इन्जिनियर विद्यार्थी समाजले गरेको कार्यक्रममा देशभर रहेका ५ ओटा मेकानिकल क्याम्पसका विद्यार्थीका ६० ओटा स्टल रहेको थियो । प्लस टु र स्नातक तहमा रहेका बिद्यार्थीहरुले आफूले बनाएको प्रविधी बिच प्रतिस्पर्धा गराएर बिजेता घोषणा गरी पुरस्कार प्रदान गरेको कार्यक्रमका संयोजक राहुल अर्यालले बताए ।

    प्रविधि प्रर्दशनको पहिलो दिन विद्यार्थीहरुले ड्रोन रेसिङ प्रतियोगिता, दोश्रो दिन रोबोट फाइट र तेश्रो दिन रोबोट दौड प्रतियोगिता आयोजना गरेका थिए ।

    प्रर्दशनीमा हावाले घुमाएर पानी तान्ने पम्प, तरकारी काट्ने मेसिन, तीन पाङ्ग्रे गाडी, सोलार कार, सोलार पानी तान्ने मेसिन, साना जलविद्युत आयोजनामा प्रयोग हुने टर्वाइन, चारै तर्फ मोड्न मिल्ने सामान बोक्ने उपकरण, खेतबारीमा बिषादी, मल, बिउ छर्न मिल्ने ड्रोन, धान काट्ने मेसिन लगायतको प्रर्दशन गरिएको थियो ।

    हेर्नुहोस फोटो र भिडियोमा : 

    रातोपाटिबाट साभार ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij