आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

झापामा सवारी दुर्घटनामा परी सात महिनामा ७५ जनाको निधन

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ४, २०७९



  • झापा । झापामा सात महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ ।

    चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्म यहाँ चार सय ५७ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ७५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक अशोककुमार जवेगुले जानकारी दिए।

    कार्यालयका अनुसार साउनमा १२, भदौमा पाँच, असोजमा १६, कात्तिकमा नौ, मङ्सिरमा १४, पुसमा १२ र माघमा सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५७ पुरुष, १४ महिला, दुई बालक र दुई बालिका छन् ।

    ती दुर्घटनामा एक सय सात जना गम्भीर घाइते भएका छन् भने छ सय ३९ जना सामान्य घाइते भएका कार्यालयले जनाएको छ ।

    दुर्घटना हुने सवारीमा चार सय ३३ ओटा मोटरसाइकल,४६ टेम्पो, ५९ साना सवारी, ३२ बस, १७ ट्रक, छ ट्रिपर, १८ ट्याक्टर र ५९ ओटा जिप–कार रहेका प्रमुख जवेगुले जानकारी दिए ।

    प्रहरीले चालु आवको माघ मसान्तसम्म रू दुई करोड दुई लाख छ हजार पाँच सय राजवस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने २८ हजार आठ सय ओटा सवारीलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरिएको हो ।

    कार्यालयले चार हजार एक सय ३४ ओटा दुर्घटना न्यूनीकरण, ट्राफिक नियम पालनालगायत विभिन्न सचेतनामूलक कार्यक्रम समेत गरेको छ । उक्त कार्यक्रममा एक लाख सात हजार ४२ जनाको सहभागिता रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij