आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

हात्तीको आक्रमणबाट बारामा एककाे मृत्यु

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १८, २०७९



  • बारा। हात्तीको आक्रमणबाट बाराको जीतपुरसिमरा- १६ टांगियाबस्तीमा बुधवार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सन्तबहादुर दर्लामीको ४५ वर्षीय छोरा जापाङ दर्लामी रहेका छन्।

    दर्लामीलाई जंगल जाने क्रममा गाउँ नजिकै हात्तीले आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष हरिदेव खरेलले जानकारी दिएका छन्। यता जंगली हात्तीको आक्रमणबाट दर्लामीको मृत्यु भएपछि स्थानीय आतंकित बनेका छन्। स्थानीय रमेश सापकोटाका अनुसार दर्लामीलाई आक्रमण गर्ने हात्ती बस्ती वरपर घुमिरहेको छ।

    हात्ती बस्तीमा आउने क्रम नरोकिएपछि स्थानीयहरु भाग्न थालेको र साँझसम्म त्रासको स्थिती रहेको सापकोटाले जानकारी दिए। हात्तीको बथानबाट छुटिएर हिडेको एक्लो हात्तीको आक्रमण पटक पटक हुँदै आएको छ।

    घर नजिकैको जङ्गलमा गाई बस्तुका लागि सोत्तर पतकर लिन गएका समय आक्रमणमा परेको निजगढ ईलाका प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक संजिब ओलीले बताए। केहीदिन अघिमात्र जीतपुरसिमरा २१ अम्मेखगञ्जकी ५१ वर्षीया रुकैदा खातुनको समेत मृत्यु भएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij