शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

काभ्रेमा कोभिड नयाँ भेरियन्टका २५ सङ्क्रमित

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २४, २०७९



  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा आज कोभिडको नयाँ भेरियन्ट एक्सबीबी १.१६ को थप १४ मा सङ्क्रमण देखिएको छ ।

    बितेको एक हप्तामा नयाँ भेरियन्टको ११ सङ्क्रमित रहेका थिए । करिब तीन महिनापछि जिल्लामा पाइएको सङ्क्रमण पाँच महिलासहित २५ रहेको जनाइएको छ । जिल्ला स्वाथ्य कार्यालय धुलिखेलका अनुसार आज सङ्क्रमण पुष्टि भएकोमा बनेपा नगरपालिकाका दुई, धुलिखेलका दुई, पाँचखालका एक, पनौतीका सात तथा बेथानचोक र भुम्लु गाउँपालिकाको एक÷एक रहेका छन् ।

    काभ्रेपलाञ्चोकमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएका सबैमा कोभिडको नयाँ भेरियन्ट एक्सबीबी १.१६ पुष्टि भएको कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाइले बताए । सेढाइका अनुसार नमोबुद्ध नगरस्थित मेथिनकोट अस्पताल रुघाखोकी र ज्वरो आएर उपचारका लागि आएका बिरामीमा गरिएको परीक्षणमा नयाँ भेरियन्ट पुष्टि भएको हो । “नयाँ भेरियन्ट परीक्षण गराउन खर्चिलो भएकाले थप बिरामीलाई कोभिड नेगेटिभ र पोजेटिभ मात्रै परीक्षण गर्न थालेका छौँ”, सेढाइले भने । उनका अनुसार आज पुष्टि भएका सबैको लक्ष्यण एउटै भएकाले नयाँ भेरियन्टकै सङ्क्रमित हुन् ।

    यसअघि सङ्क्रमण पुष्टि भएका ११ मध्ये बनेपाका पाँच, पनौतिका चार र नमोबुद्धका दुई थिए । सङ्क्रमितहरू सबै होम आइशोलेसनमै उपचाररत रहेका छन् । स्वास्थ्य कार्यालयले स्थानीय सरकार तथा स्वास्थ्य कार्यालयले ‘ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट’ लाई प्राथमिकता राखेर अभियान सुरु गरेको जनाएको छ ।

    यसैबीच कोभिड सङ्क्रमण दर बढ्न थालेपछि जिल्लास्थित कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिले सचेतना अपनाउने र आवश्यक तयारी गर्ने जनाएको छ । समितिले कोभिड महामारी फैलँदो अवस्थामा अपनाउनुपर्ने सुरक्षा उपाय, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना तथा कोभिड विरुद्धको खोपलाई अनिवार्य गरिँदै लैजाने, जिल्लाका सबै अस्पताल ताथ स्वास्थ्य केन्द्रमा कोभिड विरुद्धको अभियानलाई आवश्यक व्यवस्थापन गर्ने सम्बन्धमा निर्णयसमेत गरेको छ ।

    भीडभाड हुने स्थलमा अनिवार्य मास्कको प्रयोग गर्न, नियमित हात धुन तथा भौतिक दुरी कायम राख्न सर्वसाधारणलाई अपिल गर्ने र स्थानीय तह तथा स्वास्थ्य संस्थालाई कोभिड नियन्त्रण, व्यवस्थापन र उपचारका लागि तयारी अवस्थामा रहने गरी आवश्यक समन्वयका लागि अनुरोध गरिएको छ । अग्रपक्तिमा खटिने सुरक्षाकर्मी तथा उद्धारका लागि खटिने टिम तयार गरी आवश्यक स्वास्थ्य सुरक्षाका लागि पूर्वतयारी गरिएको जनाइएको छ ।

    काभ्रेपलाञ्चोकमा हालसम्म १८ हजार एक सय ७४ लाई कोभिड–१९ सङ्क्रमण भएको थियो । यसमध्ये जिल्लाका एक सय ९६ को मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij