शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

हाल सम्म मुलुकभर धान रोपाइँ १२ प्रतिशत मात्रै

  • प्रकाशित मिति : शुक्रबार, असार १५, २०८०



  • काठमाडौं । यस वर्ष मुलुकभर हाल सम्म १२ प्रतिशत मात्र धान रोपाइँ सकिएको छ ।

    समयमै वर्षा नहुँदा र मल, बीउ तथा सिँचाइको समस्याका कारण गत वर्षभन्दा कम रोपाइँ भएको हो । चालु आर्थिक वर्षमा १४ लाख ९६ हजार ३ सय ६ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएकोमा असार १३ गतेसम्ममा १ लाख ६६ हजार ६ सय २३ हेक्टरमा मात्रै रोपाइँ भएको कृषि विभागले जनाएको छ ।

    गत वर्षको असार १० गते १७ प्रतिशत भु-भागमा रोपाइँ सकिएको थियो । मनसुन सक्रिय भइ नसकेकाले कतिपय ठाउँमा रोपाइँ सुरु हुन नसकेको विभागको भनाइ छ । यस वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी २३ प्रतिशत रोपाइँ भएको छ ।

    यस्तै, कोशी प्रदेशमा १७ प्रतिशत, लुम्बिनी प्रदेशमा ११.०९ प्रतिशत रोपाइँ भएको छ । यसैगरी गण्डकी प्रदेशमा ६.८९ प्रतिशत, बागमती प्रदेशमा ५ र मधेशमा ३ प्रतिशत रोपाइँ भएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij