शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

श्रद्धाञ्जलीका लागि रोविन तामाङको शव आज नाट्य एकेडेमीमा राखिने

  • प्रकाशित मिति : आइतवार, असार २४, २०८०



  • काठमाडौं । गत मंगलबार मृत्यु भएका रकगायक रोविन तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको शव आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्म संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा राखिने भएको छ ।

    नक्सालस्थित एकेडेमीको प्रांगणमा शव राखी श्रद्धाञ्जली दिइने भएको हो । श्रद्धान्जलीपछि तामाङ परम्परा अनुसार स्वयम्भूमा अन्तिम संस्कार गरिने भएको छ ।

    रोविनका दुई छोरीहरु छन् । उनीहरु फ्रान्समा बसोबास गर्ने भएकाले नेपाल आइपुग्न समय लागेकाले आइतबार अन्त्येष्टि गर्न लागिएको हो ।

    गत मंगलबार बूढानीलकण्ठस्थित आफनै निवासमा उनको मृत्यु भएको थियो । ‘रविन एन्ड द लुज ब्यान्ड’ का गायक तामाङ चलचित्र अभिनयमा समेत सक्रिय थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij