शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

झुटो विवरण दिई नागरिकता लिन खोज्ने दुई जना पक्राउ

  • प्रकाशित मिति : सोमवार, असार २५, २०८०



  • काठमाडौं। झुटो विवरण दिई नागरिकता लिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। सूर्योदय नगरपालिका–५ का चेतन गजमेर र भुवनसिंह गजमेर पक्राउ परेको प्रहरीले जनाएको छ।

    चेतनले भुवनसिंहलाई आफ्नो बाबु भनी पशुपतिनगर सीमा प्रशासन कार्यालयमा अनुसूचीसहितको सिफारिस पेस गरेका थिए।

    प्रशासनले गरेको स्थलगत सर्जमिनमा भुवनसिंह चेतनको बाबु नभएको खुलेपछि उनीहरू दुवै जना पक्राउ परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार सूर्योदय वडा ५ ले पनि भुवनसिंह चेतनको बुबा नभएको फेला परेकाले आवश्यक छानबिनका लागि सीमा प्रशासनलाई आग्रह गरेको थियो।

    पक्राउ परेका दुवै जनालाई पशुपतिनगर इलाका प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij