आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तीन बर्षिया बालकले आफनै बहिनीलाइ गोली हानि मारे..

  • प्रकाशित मिति : बुधबार, साउन ३, २०८०



  • सानडिएगो। अमेरिकाको सान डिएगो सहरको फलब्रुक क्षेत्रमा ३ वर्षीय दाजुले आफ्नै १ वर्षीय बहिनीको गोली हानी हत्या गरेका छन्। यो घटना गत सोमबार दिन भएको हो, जब एक तीन वर्षीय दाजुले खेल्दै गर्दा गोलीले भरिएको बन्दुक समातेर बहिनीलाई गोली हानेको थियो।

    सिएिस ८ को रिपोर्ट अनुसार सान डिएगो काउन्टी शेरिफ विभागका लेफ्टिनेन्ट जोसेफ जार्जुराले घटनाको बारेमा जानकारी दिएका छन्।

    लेफ्टिनेन्ट जोसेफ जार्जुराले एक प्रेस विज्ञप्ति जारी गर्दै भने कि सान डिएगो शेरिफले लगभग बिहान ७ः३० बजे फोन प्राप्त भएको थियो ३ वर्षीय दाजुले आफ्नी १ वर्षीया बहिनीलाई गलतीले गोली हानेको छ। सूचना प्राप्त हुनासाथ सान डिएगो शेरिफ प्रहरी बलसहित घटनास्थल पुगेका थिए।

    प्रहरी टोली घटनास्थलमा पुगेपछि ३ वर्षीय बालकको हातमा भरुवा बन्दुक र १ वर्षीया बालिका टाउकोमा गोली लागेको अवस्थामा भुइँमा लडिरहेको देखे।

    सान डिएगो सेरिफ विभागका लेफ्टिनेन्ट जोसेफ जरजुराले परिवारको सम्मानका कारण उनको नाम खुलाउन नसकेको बताए। प्रहरीले पीडितलाई तुरुन्तै नजिकैको पालोमार अस्पताल पुर्याएको थियो, जहाँ चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए।

    शेरिफ विभागले मृत्यु भएकी बालिकाको नाम भने खुलाएको छैन । घटनाको अनुसन्धान गरिरहेको टोलीले घटनाको थप विवरण संकलनको लागि काम गरिरहेको जनाएको छ।

    अनुसन्धान टोलीले घटनाबारे अन्य कुनै जानकारी भएमा हत्या युनिटमा सम्पर्क गर्न आग्रह गरेको छ। यस बाहेक शरिफ विभागको टोलीले अपराध रोक्ने उपाय पनि साझा गरेका छन्, जसमा अपराध रोक्न सुझाव दिन आग्रह गरिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij