शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नेपाल प्रहरी श्रीमती संघद्वारा हरितालिका तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : शुक्रबार, भदौ २२, २०८०



  • बिनिता शर्मा,काठमाडौँ । हरितालिका तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न  भएको छ ।

    नेपाल प्रहरी श्रीमती संघद्वारा आयोजित हरितालिका तिज २०८० को अवसरमा विशेष शुभकामना आदान प्रदान कार्यक्रम शुक्रबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सम्पन्न भएको हो

    सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले सम्पूर्णमा तीजको शुभकामना व्यक्त गर्दै आपसी सद्‍भाव कायम राख्न सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । यसले आफ्नो धर्म, संस्कृतिको जगेर्ना गर्न र सद्‍भाव वृद्धि गर्न योगदान पुर्‍याउने विश्चास उहाँले व्यक्त गर्नुभयो ।

    सोही अवसरमा संघका पदाधिकारी तथा सदस्यहरूद्वारा कविता वाचन, नृत्य लगायतका विविध सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

    कार्यक्रममा निजामती कर्मचारी श्रीमती संघकी अध्यक्ष श्रीमती अन्जना अर्याल, सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती सुनिता शर्मा, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, नेपाल प्रहरी श्रीमती संघकी संस्थापक अध्यक्ष श्रीमती बसुन्धरा लामा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु तथा पूर्व पदाधिकारीहरू, केन्द्रका कार्यकारिणी समितिका पदाधिकारीहरु तथा सदस्यहरू लगायत आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको, प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij