शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बढ्यो सुन आयातको कोटा, दैनिक २० केजी आयात गर्न पाइने

  • प्रकाशित मिति : शनिबार, अशोज ६, २०८०



  • काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको कोटा वृद्धि गरेको छ ।

    राष्ट्र बैंकले दैनिक २० किलो सुन आयात गर्न पाउने गरी कोटा बढाएको हो । एक दुई दिनमा कोटा बढाइएको विषयमा औपचारिक जानकारी गराइने बुझिएको छ ।

    वाणिज्य बैंकहरूले दैनिक १० किलो सुन आयात गर्न पाउने व्यवस्था रहेकोमा त्यसलाई दोब्बर बनाउने निर्णय राष्ट्रबैंकले गरेको हो । “उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको कोटा बढाउन राष्ट्र बैंकलाई पत्र लेखेपछि राष्ट्र बैंक कोटा बढाउन तयार भएको हो ।

    यस अघि पनि वाणिज्य बैंकहरूले दैनिक २० किलो सुन आयात गर्दै आएकोमा राष्ट्र बैंकले २०७८ फागुन २२ गते परिपत्र जारी गर्दै दैनिक कोटा १० किलोमा झारेको थियो । सुन चाँदी व्यवसायीहरूले नेपाली बजारमा दैनिक ३० देखि ४० किलो सुनको माग रहेको दाबी गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij