शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सर्पले डस्दा एक जनाको मृत्यु

  • प्रकाशित मिति : बुधबार, अशोज १७, २०८०



  • कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा एकै घरका दुई दिदीबहिनीलाई सर्पले डस्दा एकको मृत्यु भएको छ भने एक जनाकाे अवस्था गम्भीर छ ।

    बाणगंगा नगरपालिका– ९ भलवाड जिनुवाका ३ वर्षीया रितिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीलाई मंगलबार राति सर्पले डसेको हो ।

    उनीहरुलाई घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको बुबा मोतिलाल क्षेत्रीले बताउनुभयो । सर्पले डसेको थाहा पाएलगत्तै बिहान गोरुसिँगेस्थित सर्पदशं उपचार केन्द्रमा लगिएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो ।

    उपचारका क्रममा ३ वर्षीया बालिका रितिकाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डाक्टर नेत्र बहादुर रानाले जानकारी दिनुभयो । आठ वर्षीया इशिकाको भेण्टीलेटरमा राखेर उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij