शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

छठ पर्वको आज दोस्रो दिन

  • प्रकाशित मिति : शनिबार, मंसिर २, २०८०



  • काठमाडौं । छठ पर्वको आज दोस्रो दिन खरना । छठका व्रतालुहरूले आज नुहाएर चोखो भइ साँझपख खीर पकाएर प्रसादका रुपमा चन्द्रमालाई चढाउँछन् । चन्द्रमालाई चढाएपछि व्रतालुले खीर र लौकाको तरकारी खाने गर्दछन् ।

    आज व्रतालुले बिहानदेखि पानी पनि नखाएर साँझपख एक छाक मात्र भोजन गर्दछन् । चार दिनसम्म अर्थात सप्तमीसम्म व्रतालुले माछा, मासु, लसुन, प्याज आदी खाँदैनन् ।

    कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको छठमा प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी छठी माईको पूजा गर्ने गरिन्छ । छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गर्ने विश्वास गरिन्छ ।

    छठको व्रतमा एकदमै चोखो भएर संयम तथा ब्रह्मचर्य धर्मको पालना गर्दै बस्नु पर्ने कडा नियम हुन्छ । यो पुरा गरिएन भने छठ पूजाको फल नपाइने विश्वास रहेको छ । त्यसैले पनि छठलाई एउटा कठिन व्रतको रूपमा लिइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij