मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

एमालेद्वारा चुनाव घोषणाको स्वागत, संशोधनबारे मोर्चा चिढ्याउने निर्णय

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १०, २०७३



  • काठमाडौं । नेकपा एमालेले सरकारद्वारा घोषणा गरिएको स्थानीय तह चुनावको औपचारिक रुपमा स्वागत गरेको छ । एमाले पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको पार्टीको स्थायी समिटी बैठकले सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नु स्वागत्ययोग्य भएको ठहर गरेको छ ।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आगामी बैशाख ३१ गते स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको थियो ।
    ‘मिति घोषणा गरिनु सकारात्मक भएको बैठकको ठहर छ’, एमाले सचिव योगेश भट्टराईले भने, ‘निर्वाचनको सुनिश्चितता गर्नको लागि अब सरकारले कानूनी र राजनीतिक वातावरण बनाउनु पर्छ । ’

    बैठकले निर्वाचन प्रभावित हुने गरी कुनै पनि काम नगर्न सरकारको ध्यानाकर्षण गराएको छ भने माथिल्लो तहका कर्मचारीको सरुवा तथा बढुवा नगर्न पनि आग्रह गरेको छ ।

    एमालेले स्थानीय तहको संख्या र सीमानाका हेरफेर नगर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ । मधेसी मोर्चाले स्थानयि तह पुर्नसंरचना आयोगको प्रतिवेदनप्रति असन्तुष्टि जनाएसँगै सरकारले सोबारे अध्ययन गर्न संघीय मामला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेको अध्यक्षतामा एक आयोग नै गठन गरेको अवस्थामा एमालेले यस्तो धारणा बाहिर ल्याएको हो । एमालेले आयोगले यसअघि बुझाएको प्रतिवेदननै कायम हुनुपर्ने भन्दै त्यसलाई हेरफेर गरे चुनावै हुन नसक्ने चेतावनी समेत दिएको छ ।

    यसैबीच एमालेले सरकारले संसदमा पेश गरेको संविधान संशोधनमा पनि आफ्नो पूरानै अडान कायम राखेको छ ।
    संशोधन प्रस्ताव देशको हितमा नरहेकाले सो पारित हुन नसक्ने एमालेको भनाई छ । सरकारले गत मंसिर १४ मा संशोधन प्रस्ताव संसदमा पेश गरेसँगै एमालेले लगातार विरोध गर्दै आएको छ । तर, संशोधनकै मुद्दालाई प्रमुख बनाएको मोर्चाले भने सो पारित नभएसम्म चुनाव हुन नसक्ने बताएको मात्रै छैन सरकारले सोमबार चुनावको मिति घोषणा गरेलगत्तै आन्दोलनको घोषणा गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij