शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बेपत्ता बिरामी खोज्न सेती नदीको बाँध खोलिँदै, सतर्क रहन प्रहरीको आग्रह

  • प्रकाशित मिति : बिहिबार, मंसिर २८, २०८०



  • काठमाडौं । पोखरामा बेपत्ता बिरामीको खोजी गर्न आज सेती नदीको ड्याम खोलिने भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालबाट सोमबार साँझदेखि बेपत्ता भएका तनहुँका १९ वर्षीय संगम मिश्रलाई खोज्न आज सेती नदीको ड्याम खोलिने भएको हो ।

    बिरामी भएर मिश्र उपचारका लागि मणिपाल अस्पतालमा भर्ना भएका थिए । इमर्जेन्सी वार्डमा राखिएका उनी बुवा हरिप्रसाद मिश्र औषधि लिन गएका बेला अस्पतालबाट बेपत्ता भएका थिए ।

    उनको खोजी गर्ने क्रममा मणिपाल अस्पतालबाट नदिपुरतर्फ जाने झोलुङ्गे पुलमा संगमले लगाएको कपडा र परिचयपत्र भेटिएपछि सेती नदीमा हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

    उनको खोजी गर्न ड्याम खोल्नुपर्ने भएकाले प्रहरीले दिउँसो १२ बजेदेखि ४ बजेसम्म ड्यामभन्दा तलका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij