प्रकाशित मिति : बिहिबार, मंसिर २८, २०८०
दाङ- जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एक जनाको मृत्यु भएको छ। प्यूठानको ऐरावती- २ बरौलाबाट खलंगाको बुढाचौर जन्ती लिएर जाँदै गरेको स्कारपिओ बरौलाको मोती माध्यमिक विद्यालयको पूरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले बताएको छ।
बिहीबार बिहान ११:२० बजे लु ३ च ६८७४ नं को स्कार्पिओ अगाडीको टायर पंचर भई ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए।
दुर्घटनामा परी गाडीको अगाडि बाटोमा हिडेका मल्लरानी ३ का वडा सदस्य दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, प्यूठानका प्रमुख ईश्वर थापाले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पताल, बिजुवारमा उपचार भइरहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij