शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सडक निर्माणको क्रममा खसेको ढुंगा लागेर मजदुरको मृत्यु

  • प्रकाशित मिति : सोमवार, पुस ९, २०८०



  • कर्णाली करिडोरअन्तर्गत छारे–लेप्च्या खण्डमा सडकको काम गर्ने क्रममा खसेर लागेको ढुंगा खस्दा एक मजदुरको मृत्यु भएको छ।

    सर्केगाड गाउँपालिका–२ स्थित लेप्च्याको सडक निर्माण गर्ने क्रममा मुगुको सोरू गाउँपालिका– ५ सोरुकोट धुपीका अन्दाजी ४९ वर्षका मनसिंह बुढाको ढुंगाले लागेर मृत्यु भएको हो।

    सोमबार दिउँसो साढे १२ बजेको समयमा लोप्च्या सडक खण्डको कडा चट्टान फोर्ने क्रममा खसेको ढुंगा लागेर बुढा करिब ५० मिटर तल खसेका जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

    भिरबाट खसेर गम्भीर घाइते भएका बुढाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार शवको पोस्टमार्टमका लागि जिल्ला अस्पतालबाट एक चिकित्सकलाई हेलिकोप्टरबाट पठाउने तयारी भइरहेको छ।

    यस क्षेत्रमा यसअघि पनि एक कामदारको भिरबाट खसेर घटनास्थलमै मृत्यु भएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij