शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सार्वजनिक सेवा प्रवाह गर्ने स्थानका भौतिक संरचना अपांगतामैत्री हुनैपर्छ : आयोग

  • प्रकाशित मिति : मङ्लबार, पुस २४, २०८०



  • काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक सेवा प्रवाह गर्ने स्थानमा भौतिक संरचना अपांगतामैत्री बनाउन स्थानीय तहको सरकारलाई निर्देशन दिएको छ ।

    आयोगका सदस्य डा. सूर्यप्रसाद शर्मा ढुंगेलले मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अपांगतामैत्री भौतिक संरचना निर्माणमा ध्यान दिन स्थानीय सरकारलाई सचेत गराउनुभएको हो ।

    शौचालयदेखि लिएर सार्वजनिक सेवा प्रवाह गर्ने ठाउँका भौतिक संरचना निर्माणको काम अपांगतामैत्री बनाउने विषयमा पालिकाहरुले विशेष ध्यान दिनुपर्ने उहाँको भनाई थियो । ढुंगेलले मानसिक सन्तुलन गुमाएका अपांगता भएकाहरुबारे पनि विशेष ख्याल राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यस काममा सरोकारवालाहरुको सुझाव पनि उत्तिकै आवश्यक रहेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा बोल्दै अपांगता राष्ट्रिय निर्देशन समितिकी विज्ञ प्रतिमा गुरुङले अपांगता भएकाहरुको परिचय पत्र मानव अधिकारलाई मुख्य आधार बनाएर वितरण गर्न सरकारसँग माग गर्नुभयो । उहाँले अपांगता भएका व्यक्तिहरुको वर्गीकरणमा पनि गम्भिर बन्न सरकारलाई सुझाव दिनुभयो ।

    गुरुङले मानव अधिकार आयोगले अपांगता भएका व्यक्तिहरुको समस्यालाई सम्बोधन गराउने काममा विशेष भुमिका खेल्नुपर्ने समेत बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij