प्रकाशित मिति : आइतवार, माघ १४, २०८०
चितवन । भरतपुर महानगरपालिका-१६ शिवघाटमा बलेरोको ठक्करबाट बुवाको मृत्यु र छोरी गम्भीर घाइते भएकी छन्।
शरणपुरबाट नारायणगढ आउँदै गरेको बा.प्र.०३-००१ च ११९७ नं.को बलेरोले बा.प्र.०३-००३प ८६२४ नं.को मोटसाइकललाई शनिबार बेलुका करिब साढे सात बजेको समयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा सोही स्थान बस्ने ४१ वर्षीय मधुसुधन खत्री र उनकी छोरी १५ वर्षीया अपेक्षा खत्री गम्भीर घाइते भएको अवस्थामा नयाँ मेडिकल कलेजमा उपचारको लागि पठाइएको थियो।
उपचारको क्रममा राती करिब साढे आठ बजे मोटरसाइकल चालक बुवा मधुसुधन खत्रीलाई डाक्टरले मृत घोषणा गरेको हो । छोरीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ। दुबै सवारी साधन र बलेरो चालक प्रहरी नियन्त्रणमा छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij