शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

गौशालाको होटलमा महिलाको हत्या प्रकरण : ‘प्रेमी’ पक्राउ

  • प्रकाशित मिति : आइतवार, माघ २८, २०८०



  • काठमाडौँ । काठमाडौँको गौशालास्थित बिजयचोकमा रहेको सिराहा धनुषा होटल एन्ड लजमा प्रमीला दमाईको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । करिब २८–२९ वर्षकी प्रमीला शनिवार लजको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

    हत्यामा संलग्न आरोपमा एक जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले उनलाई काठमाडौँबाट पक्राउ गरेको हो । आरोपी दोलखाका स्थानीय हुन् ।

    पक्राउ परेका पुरुष र रामेछापको लिखु तामाकोशी घर भएकी प्रमीला विवाहेत्तर प्रेम सम्बन्धमा थिए । हत्यापछि होटलको कोठामा बाहिरबाट साँचो लगाएर उनी भागेका हुन् । माघ २६ मा हत्या भएको र दुई दिनपछि घटना सार्वजनिक भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij