शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

हल गोरु पाल्ने कृषकलाई अनुदान उपलब्ध गराउने

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १०, २०८०



  • काठमाडौं । स्याङ्जाको वालिङ–५ वडा कार्यालयले हल गोरु पाल्ने कृषकलाई अनुदान उपलब्ध गराउने भएको छ ।

    आधुनिकतासँगै ब​ढ्दो यान्त्रिकीकरणका कारण गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पालन प्रोत्साहन एवं प्रवर्धनामत्मक’ कार्यक्रमअन्तर्गत कृषकलाई पाँच हजार रुपैयाँ अनुदान उपलब्ध गराउने वडाअध्यक्ष छविलाल आलेले जानकारी दिनुभयो ।

    आधुनिक प्रविधि, हाते ट्र्याक्टर लगायतका प्रयोगले हाम्रो परम्परा हराउँदै गएकाले त्यसको संरक्षणका लागि वडाले अभियानका रुपमा हल गोरु पाल्ने किसानलाई अनुदान दिने नीति अगाडि सारेको वडाअध्यक्ष आलेको भनाइ छ ।

    ‘नयाँ पुस्ता प्रविधितर्फ आकर्षित हुँदै गर्दा गोरुपालनका लागि वडाले बजेट विनियोजन गरेको छ, हाम्रो परम्पराको संरक्षणका लागि पनि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ।’ वडाअध्यक्ष आलेले बताउनुभयो ।

    वडा कार्यालयले आर्थिक वर्ष २०८०–८१ को वडास्तरीय स्वीकृत योजनाबाट वडाभित्रका हल गोरु पालेका कृषकलाई अनुदान दिने बताइएको छ । वडाभित्र ५०–७० हल गोरु हुनसक्ने वडाको अनुमान छ ।

    कृषि प्रयोजन तथा प्राङ्गारिक मलका लागि गोरु पाल्दै आएका कृषकलाई गोरुको संरक्षण तथा प्रोत्साहनस्वरुप न्यूनतम पाँच हजार उपलब्ध गराउनेछ । तर कृषकले हल गोरु पालेको–नपालेको, टोलका स्थानीय तथा जनप्रतिनिधिको स्थलगत अनुगमनपछि मात्रै अनुदान दिइने वडा कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij