शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दूध दुहुन मेसिनको प्रयोग बढ्दै

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १४, २०७३



  • कृषि पेशालाई व्यवसायिक रुपमा अघि बढाउने क्रमसँगै आधुनिक उपकरणको प्रयोग पनि बढ्दै गएको छ। पछिल्लो समय व्यवसायिक पशुपालन गर्नेलाई नभई नहुने उपकरण हो दूध दुहुने ‘मिल्किङ मेसिन’।
    मानिसले दूध दुहुँदा समय बढी खर्च हुने र धेरै जनशक्ति चाहिने हुँदा व्यवसायिक रुपमा गाईभैँसी पालन गर्नेहरुका लागि यो निकै उपयोगी बनेको छ। विकसित  राष्ट्रमा यसको प्रयोग धेरै पहिलेदेखि भएपनि नेपालमा अझै पनि धेरैले यसको प्रयोग गर्न पाएका छैनन्।
    यो मेसिन चलाउन बिजुली आवश्यक पर्छ, त्यसकारण बिजुली नभएको क्षेत्रमा यसको प्रयोग हुने कुरै भएन। त्यसमाथि लोडसेडिङ र महँगो पर्ने भएका कारण पनि ग्रामीण क्षेत्रमा यसको प्रयोग चुनौतिपूर्ण बनेको छ। यद्यपी हाल लोडसेडिङ कम भएकाले पनि यसको माग बढेको अधुनिक कृषि किसान संसार भरतपुर, चितवनका संचालक राजाराम तिवारीले जानकारी दिए।
    अहिले नेपालमा विषेशतः ‘सिङ्गल बकेट’ (एउटा बाल्टिन भएको) र ‘डबल बकेट’ (दुई बाल्टिन भएको) मिल्किङ मेसिनको माग रहेको तिवारीले बताए। सिङ्गल बकेटमा २५ लिटर दूध अट्छ भने डबल बकेटमा ५० लिटर अट्छ।
    सिंगल बकेटको प्रयोग गर्दा ५ मिनेटमा एउटा गाई वा भैँसी दूहुन सकिन्छ। डवल बकेटको मेसिनले ५ मिनेटमा दुई गाई÷भैँसी एकै पटक दुहुन सकिन्छ। सिंगल बकेट मिल्किङ मेसिनको मूल्य १ लाख र डबलको १ लाख ५० हजार रुपैयाँ पर्ने तिवारीले बताए।
    भारतीय ‘किसान क्रफ्ट’ नामक कम्पनीले यस्तो उपकरण नेपालमा ल्याउने गरेको छ। यो मेसिनको मद्दतले दूध दुहुदा समयको बचत हुनुका साथै थुनिलो हुने समस्या नहुने कम्पनीको दावी छ।
    २० वटा भन्दा बढी गाईभैँसी पाल्ने व्यवसायीक किसानलाई यस्ता उपकरण खरिद गर्दा सरकारले केही अनुदान समेत दिने गरेको छ। यद्यपी अनुदान प्रकृया नबुझ्नाले कतिपय किसानले यसको लाभ लिन नसकेको उनले गुनासो पोखे।
    पालेको गाईभैँसीको संख्या र आवश्यक मेसिनको संख्याका आधारमा सरकारले मेसिन किन्दा अनुदान दिने गरेको उनले बताए। व्यवसाय थालेपछि आफूले ६० वटा मिल्किङ मेसिन बेचेको तिवारीले बताए। आधुनिक शैलीमा पशुपालन गर्ने क्रम बढेकाले नेपालमा यस्ता मेसिनको प्रयोग बढ्दै जाने उनको विश्वास छ।
    २० भन्दा कम संख्यामा गाईभैँसी पाल्ने किसानलाई पनि यस्ता मेसिनमा अनुदान दिएर प्रोत्साहित गर्नुपर्नेमा व्यवसायीको जोड छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij