शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

उदयपुरमा बेपत्ता भएका तीन बालबालिका अझै भेटिएनन्

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १३, २०८०



  • काठमाडौं । आइतबार होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका तीन बालबालिका अझै भेटिएका छैनन् । तीन दिनदेखि सुनकोशी नदीमा हराइरहेका उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका ती बालबालिकाको खोजी गर्न गएका सशस्त्र प्रहरीको गोताखोर टोली रित्तै हात फर्केको छ ।

    सोमबार बेपत्ता बालबालिकाको खोजी कार्य तीब्र पारेपनि उनीहरुको अवस्था पत्ता लगाउन नसकेपछि त्यहाँबाट सशस्त्र प्रहरी बलको टोली फिर्ता भएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

    ११ जना सशस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको ६ जनाको टोलीले झण्डै २ किलोमिटरसम्म पानी जमेको ठाउँहरुमा खोजी गर्दा पनि केही पत्ता नलागेपछि खोजतलास टोली फर्किएको बताइएको छ ।

    त्रियुगा नगरपालिका १४ साउनेका १२ वर्षीय रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगर आइतबार होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा पौडी खेल्दखेल्दै बेपत्ता भएका थिए ।

    बालबालिकालाई नदिले बगाएर अन्यत्र पुर्‍याएको हुनसक्ने भएकाले त्यसतर्फ खोजी गर्न मंगलबारदेखि थप प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij