शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सर्लाहीमा ८ हजार बढी बालबालिका विद्यालय बाहिर

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १४, २०८१



  • सर्लाही । सर्लाहीमा अझै ८ हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ ।

    शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाको तथ्याङ्क अनुसार जिल्लाभर आठ हजार २७७ जना बालबालिका विद्यालय बाहिर रहेका छन् । विद्यार्थी भर्ना अभियान जारी रहँदा ती बालबालिकालाई विद्यालयमा भर्ना गराउन २० वटै पालिकाका विद्यालयले घरदैलो अभियान सञ्चालन गरिरहेका छन् ।

    विद्यालय भर्ना हुने उमेर पुगिसकेका पाँच वर्षदेखि १२ वर्षसम्मका आठ हजार २७७ जना बालबालिका विद्यालय बाहिर रहेका पाइएको शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले जानकारी दिनुभयो ।

    यी बालबालिका इँटा भट्टा, मोटरसाइकल ग्यारेज, यातायातका साधन, होटललगायतमा श्रम गरिरहेका छन् । विद्यालय बाहिर रहेका बालबालिकामध्ये चार हजार ४८० जना बालक र तीन हजार ७९७ जना बालिका रहेका छन् । यीमध्ये सबैभन्दा धेरै मुसहर समुदायका बालबालिका रहेका छन् ।

    जिल्लामा सबैभन्दा धेरै बरहथवा नगरपालिकामा बालबालिका विद्यालय बाहिर रहेका छन् । जिल्लामै सबैभन्दा बढी वडा अर्थात् १९ वटा वडा रहेको बरहथवामा ३६९ जना बालक र ४६३ जना बालिका विद्यालय बाहिर रहेका छन् ।

    सबैभन्दा कम जिल्लामै सानो पालिकाको रुपमा छ वटा वडामात्रै रहेको पर्सा गाउँपालिकामा १२७ जना बालक र ११५ जना बालिका विद्यालय बाहिर रहेका छन् ।

    ४४२ वटा सामुदायिक विद्यालय रहेको सर्लाहीमा शैक्षिक सत्र २०८० को तथ्याङ्क अनुसार बालविकासदेखि कक्षा १२ सम्म एक लाख एक हजार ४३३ जना छात्रा र ९० हजार २६७ जना छात्र विद्यालयमा भर्ना भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij