शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सुनकोशी–मरिण डाइभर्सन आयोजनाको सुरुङ आज ब्रेक–थ्रु

  • प्रकाशित मिति : बुधबार, बैशाख २६, २०८१



  • काठमाडौं । सुनकोशी–मरिण डाइभर्सन आयोजनाको सुरुङको आज ब्रेक–थ्रु गरिदैँछ । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सुरुङ ब्रेक–थ्रु गर्न लागिएको हो ।

    सुरुङ ब्रेक–थ्रु गर्ने कार्यक्रमका लागि प्रधानमन्त्री दाहाल मंगलबार साँझ नै सिन्धुली पुग्नुभएको हो । प्रधानमन्त्री दाहालले आज बिहान आयोजना अवलोकन गर्नुभएको थियो ।

    आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न सुरु गरिएको थियो । उक्त सुरुङ सुनकोशी गाउँपालिका–७ को सुनकोशी र तामाकोशी दोभानबाट करिब ९ सय मिटर तल पर्ने कानढुंग्री भन्ने स्थानसम्म छेडिने छ । सुरुङ खन्ने टनेल बोरिङ मेसिन (टिबिएम मेसिन) आज सुनकोशी नदी किनारको कानढुंग्रीबाट निस्किने छ ।

    आयोजनामा कुल १३ दशमलव ३ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । सुनकोशीको पानी सुरुङमार्फत मरिण खोलामा खसालेर ३१ मेगावाट बिजुली उत्पादन पनि गरिनेछ । सोही पानीबाट धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका कुल १ लाख २२ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने सरकारको लक्ष्य छ ।

    आयोजनाको १३ दशमलव ३ किलोमिटर लामो सुरुङमा पानी पठाउन सुनकोशी नदीमा ३० मिटर उचाइ र १ सय ५८ मिटर लम्बाइको बाँध बनाउने काम जारी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij