शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मकालुखबरकर्मी रोहिताको दुर्घटनामा निधन

  • प्रकाशित मिति : शनिबार, जेष्ठ ५, २०८१



  • काठमाडौं । मकालुखबरकर्मी शिवेन्द्र रोहिताको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । शनिबार बिहान धनुषको जनकपुरधाम उपमहानगरपालिका-९ थापाचोकमा मोटरसाइकललाई स्कारपियो दिँदा पत्रकार रोहिताको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय धुनषाकाअनुसार बिहान ३ बजेतिर पूर्वपश्चिमतर्फ आइरहेको बा २१ च ३३४३ नम्बरको कारले विपरीत दिशामा रहेको रोहिता सवार प्रदेश-२-०२-००२ प ५६९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएको शहिदनगर नगरपालिका-८ का ३२ वर्षीया रोहितालाई प्रादेशिक अस्पतालको चिकित्सकहरूले बिहान ३ बजेर २८ मिनेट जाँदा मृत घोषणा गरेका थिए ।

    प्रहरीकाअनुसार मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका-२ मा डेरा गरी बस्ने २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् । उनको जनकपुरस्थित सीता अस्पतालमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीहरूले मोटरसाइकल यादवले चलाएको भनेपनि सिसिटिभी हेरेर थप अनुसन्धानको भइरहेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीले जानकारी लिए ।

    ठक्कर दिने स्कारपियो प्रहरी नियन्त्रणमा छ भने चालक शहिदनगर नगरपालिका-५ का २८ वर्षीय मनोज शाहलाई पक्राउ गरी सोधपुछ गरिरहेको एसपी तिवारीले बताए । उनकाअनुसार स्कारपियोमा चालकसहित ४ जना सवार थिए । रोहिता मकालुखबरका प्रदेश संवाददाता थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij