शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कञ्चनपुरमा बाघको आक्रमणबाट महिलाको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, साउन १७, २०८१



  • धनगढी । कञ्चनपुरमा बाघको आक्रमणबाट महिलाको मृत्यु दोधारा चाँदनी नगरपालिका–२ का २३ वर्षीया हीरा शाहको ज्यान गएको हो ।

    खेतमा काम गरिरहेको अवस्थामा उखुबारीबाट निस्केर उहाँलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट महिलाको घटनास्थलमै मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिनुभयो । उहाँका अनुसार सो ठाउँमा हिजो बाघ देखिएपछि नेपाली सेनासहित निकुञ्जको प्राविधिक टोली त्यहाँ पुगेर बाघको खोजी कार्य गरेको थियो । ड्रोन उडाएर खोजी गर्दा बाघ फेला नपरेपछि निकुञ्जको टोलीले स्थानीयलाई खेतमा नजान र सतर्क रहन आग्रह गरेको थियो । आज बिहान पनि टोली पुगेर बाघ खोजी गर्दै थियो ।

    त्यहाँ बिचबिचमा धान र विभिन्न प्लटमा उखु छ । हामीले आजै बाघ देखिएको एक प्लटमा त्यसको खोजी गर्दै गर्दा अर्कोतिरको प्लटबाट निस्केर काम गरिरहेको महिलालाई मार्‍यो । महिलाको मृत्यु भएपनि टाउकोमा चोटबाहेक खाएको अवस्था छैन । तानेर उखु बारीमा पुर्‍याएको थियो।

    नरभक्षी बाघलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जनाइएको छ । महिलालाई मारेको बाघ उखुमै रहेको जनाइएको छ । बाघलाई नियन्त्रणमा लिनका लागि निकुञ्जको हात्तीसहितको टोली खटेको छ । यसैगरी, बर्दिया राष्ट्रिय निकुञ्जबाट पनि प्राविधिक टोली आइरहेको ऐरले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij