शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कञ्चनपुरको दोधारा चाँदनीमा पुनः बाघ देखिएको भन्दै स्थानीयमा त्रास

  • प्रकाशित मिति : शनिबार, साउन १९, २०८१



  • कञ्चनपुर ।  कञ्चनपुरको दोधारा चाँदनीमा पुनः बाघ देखिएको भन्दै स्थानीयमा त्रास बढेको छ । शुक्रवार साँझ पुनः बाघ देखिएको स्थानीयले दाबी गरिरहेका छन्  ।

    यसअघि बुधवार बिहान दोधारा चाँदनी – २ मा देखिएको बाघको हिजो  शुक्रवार बिहान शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्ज संयुक्त प्राविधिक टोलीले डार्ट गरी नियन्त्रण लिइसकेको छ ।  उक्त बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइसकेको छ। बुधवार देखिएको उक्त बाघले बिहीबार बिहान सोही ठाउँकी २६ वर्षीय हिरा शाहको ज्यान लिएको थियो ।

    महिलाकै शव फेला परेको सोही क्षेत्रमा पुनः अर्को बाघ देखिएको स्थानीय दीपक पन्तले बताए । दोधारा चाँदनी नगरपालिका –३ मा एक बाख्रो समेत मारेको स्थानीयको दाबी छ । पुनः बाघ देखिएको स्थानीयको दाबीपछि गयराती सो क्षेत्रमा निकुञ्ज, आर्मी, प्रहरी र स्थानीयले पहरा दिएका थिए ।

    उता बाघ देखिए भनिएको स्थान वरपर लाइटिङ गरेर हेर्दा त्यस्तो मुभमेन्ट नदेखिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताए । बाघ देखिएको भनिएको उक्त एरियामा केही बेरमा ड्रोनबाट खोजी गरिने नगर प्रमुख लिम्बूले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij