शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

इप्पानले माघ ४ गते रजत जयन्ती मनाउँदै

  • प्रकाशित मिति : शुक्रबार, पुस ५, २०८१



  • काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्यान)ले स्थापनाको २५ औं वर्षमा वार्षिकोत्सवको अवसरमा इप्पान रजत जयन्ती मनाउने भएको छ ।

    बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले आगामी माघ ४ गते २५ औं वर्षमा वार्षिकोत्सवको अवसरमा इप्पान रजत जयन्ती बनाउन बताएको हो ।

    पत्रकार सम्मेलनमा बोल्दै इप्पानका महासचिव बलराम खतिवडाले लिडिङ द इनर्जी प्रस्पोरेटी भन्ने नारासहित इप्पान रजत जयन्ती मनाउन लागेको बताउनुभयो । उहाँले लगानीको हिसावले नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र ५०० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरु सदस्य रहेको ऊर्जा उद्यमीको उपलब्धी र प्रगतिहरु जानकारी दिने गरी रजत जयन्ती मनाउन लागेको बताउनुभयो ।

    महासचिव खतिवडाले देशलाई लोडसेडिङ मुक्त गरी खुद विद्युत निर्यातकर्ता मुलुक बनाउनमा इप्पानको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले देशको कुल विद्युत जडित क्षमता करिव ३ हजार ३ सय मेगावाट पुग्दा निजी क्षेत्रको सहभागितामा मात्रै २६ सय मेगावाट अर्थात विद्युत उत्पादन क्षमताको करिब ८० प्रतिशत विद्युत उत्पादन भएको बताउनुभयो ।

    महासचिव खतिवडाले इप्पानले रजत जयन्ती २०८१ आगामी माघ ४ गते काठमाडौंमा गर्ने बताउनुभयो । उहाँले रजत जयन्तीको अवसरमा विभिन्न क्रियाकलापहरु आयोजना गरिएको बताउनुभयो । उहाँले रजत जयन्तीमा प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्री र ऊर्जा मन्त्रीको समेत सहभागिता रहने बताउनुभयो ।

    महासचिव खतिवडाले रजत जयन्तीको अवसरमा ऊर्जाका स्थानीयदेखि संघीयसम्मका समस्या र चुनौति अवसर, ऊर्जा क्षेत्रको आगामी मार्गचित्र, ऊर्जा नीतिहरुका विषयमा अन्तरक्रिया हुने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij