शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दुर्घटनामा जनस्वास्थ्य निरीक्षक धर्मराज खत्रीको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, पुस १२, २०८१



  • धनगढी । दुर्घटनामा परी जनस्वास्थ्य निरीक्षक धर्मराज खत्रीको मृत्यु भएको छ । धनगढीमा आयोजना भएको तालिममा सहभागी हुन आउँदै गर्दा ऊनी दुर्घटनामा परेका हुन् ।

    धनगढीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा जनस्वास्थ्य निरीक्षक धर्मराज खत्रीको मृत्यु भएको हो । खत्री बाजुराको बढीमालिका नगरपालिका-७ स्थित चुथी स्वास्थ्य चौकीमा कार्यरत थिए ।

    प्रहरीका अनुसार बिहीबार साँझ साढे ६ बजे धनगढी उपमहानगरपालिका-३ को लक्ष्मी नर्सरीनजिकै अत्तरियाबाट धनगढी आउँदै गरेका दुईवटा मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

    डोटीको शिखर नगरपालिका-११ बस्ने २५ वर्षीया शर्मिला थापाले चलाएको सुप्रप ०१००७११प नम्बरको मोटरसाइक पछाडिबाट ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी-५ का २५ वर्षीय पुरन शाहले चलाएको सुपप्र ०१२प ९४१६ नम्बरको मोटरसाइकलमा खत्री पछाडि सवार थिए ।

    दुर्घटनामा मोटरसाइकल चालक पुरनको पेट र मुखमा चोट लागेको छ।  खत्रीको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । उनको सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा बिहीबार साँझ मृत्यु भएको हो । घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij