शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बाइक दुर्घटनामा आमाको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा

  • प्रकाशित मिति : सोमवार, जेष्ठ ५, २०८२



  • काठमाडौं । मोरङको रतुवामाई नगरपालिका-६ स्थित त्रिवेणी चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । आइतबार साँझ करिब ७ बजे भएको उक्त दुर्घटनामा रतुवामाई नगरपालिका-५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको हो ।

    दुर्घटना भवानीका छोरा २३ वर्षीय रमेश मेहताले चलाएको प्रदेश १-०२०४५ प ९०६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई भएको प्रहरीले जनाएको छ । आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको मोटरसाइकल कुकुरलाई जोगाउने प्रयासमा अनियन्त्रित भई सडकमा लडेको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएकी भवानी मेहतालाई तत्काल उपचारका लागि रंगेली अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्‍याएपछि साँझ ७ः१० बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरे ।

    घटनापछि मोटरसाइकल चालक तथा मृतकका छोरा रमेश मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij