शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बागमती प्रदेशसहित देशभर वर्षाको सम्भावना

  • प्रकाशित मिति : बुधबार, जेष्ठ ७, २०८२



  • काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबारका लागि मौसम जानकारी साझा गरेको छ ।

    महाशाखाले पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशका विभिन्न प्रदेशमा मौसम प्रभावित हुने जनाइएको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा दिउँसो र राति हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी र तराई क्षेत्रमा पनि बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

    मधेश र लुम्बिनी प्रदेशमा दिउँसो र राति तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ । लुम्बिनीको हिमाली क्षेत्रमा बदली रहने र पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना छ ।

    कर्णाली प्रदेशमा भने दिउँसो र राति हिमाली क्षेत्रमा बदली रहने र पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । महाशाखाले वर्षा, हिमपात र चट्याङका कारण जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij