शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दमौलीको मादी पुलबाट जिप खस्दा ज्यान गुमाएका तीन युवकको परिचय खुल्यो

  • प्रकाशित मिति : आइतवार, जेष्ठ ११, २०८२



  • तनहुँ । तनहुँको व्यास नगरपालिकामा गएराति भएको सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । पृथ्वीराजमार्गअन्तर्गत व्यास-३ र ४ जोड्ने मादी नदी पुलबाट जिप खस्दा दुर्घटना भएको हो ।

    ग२च ५७६० नम्बरको जिप दमौलीबाट चापाघाटतर्फ जाँदै गर्दा पुलको रेलिङ तोडेर मादी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिपमा पाँच जना सवार थिए ।

    दुर्घटनामा व्यास-५ का ३५ वर्षीय प्रविन थापामगर, २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । उनीहरूको मृत्यु उपचारका क्रममा दमौली अस्पतालमा भएको हो ।

    अन्य दुई घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनलाई थप उपचारका लागि पोखरा पठाइएको छ । अर्का घाइतेको उपचार दमौली अस्पतालमै भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    दुर्घटनापछि नेपाली सेनाको कालीभञ्जन गण (इ), नेपाल प्रहरी र स्थानीय बासिन्दाहरूको सहयोगमा उद्धार गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij