शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नौ सय घरमा खानेपानी सुविधा

  • प्रकाशित मिति : बुधबार, असार ३२, २०८२



  • म्याग्दी। जिल्लाका नौ सयभन्दा बढी घरमा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधा विस्तार भएको छ ।

    खानेपानी वितरण गरेको डिभिजन प्रमुख झलकमोहन ओझाका अनुसार खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१-८२ मा सञ्चालन गरेका योजनाबाट नौ सय ३१ घरमा खानेपानीको पहुँच विस्तार भएको हो । एक हजार २८३ वटा धारा निर्माण भएकामा नौ सय ३१ वटा धारामा मिटर जडान गरिएको छ ।

    आयोजनामार्फत तीन हजार ११९ मिटर मुख्य, एक सय छ किलोमिटर शाखा पाइपलाइन, चार हजार ७२ घनमिटर क्षमताका २२ वटा रिजर्भ ट्याङ्की र दुई सय ७७ वटा अन्य संरचना निर्माण भएका छन् ।

    प्रदेश सरकारका ३६ वटा योजनाका लागि रु छ करोड ९८ लाख २५ हजार बजेट विनियोजन भएकामा ३५ वटा कार्यान्वयन र ९६ दशमलव ०९ प्रतिशत अथवा रु छ करोड ७० लाख ९५ हजार खर्च भएको छ । सङ्घीय सरकारका पाँचवटा योजनाका लागि रु ५१ लाख बजेट प्राप्त भएकामा तीनवटा योजना कार्यान्वयन र रु ४३ लाख ९५ हजार अथवा ८६.१९ प्रतिशत खर्च भएको कार्यालय प्रमुख ओझाले बताए ।

    यस वर्ष दोवा, हिस्तान औला, पुलाचौर, बरंजाको दह–खर्कमा एक घर घर धारासहितको खानेपानी सुविधा विस्तार भएको छ । घराम्दी खानेपानी योजनाको औला स्किमको उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले सबै उपभोक्ताको घरघरमा मिटरसहितको धारा जडान गरेर खानेपानी वितरण गरिएको बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij