शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मनसुन कमजोर, तर केही स्थानमा मध्यम वर्षा र हावाहुरीको चेतावनी

  • प्रकाशित मिति : शनिबार, साउन १०, २०८२



  • काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर अवस्थामा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानको आसपासमा अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय भएको हो ।

    यसको प्रभावस्वरुप हाल देशका पहाडी भूभागमा सामान्यदेखि आंशिक बदलीको अवस्था छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदलीको प्रभाव बढी देखिएको छ। बागमती प्रदेशका केही स्थानका साथै कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको महाशाखाले जनाएको छ।

    आज राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा मौसम आंशिक बदली हुनेछ। कोशी प्रदेशको पहाडी र तराई भूभागका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा पनि यस्तै किसिमको वर्षाको पूर्वानुमान गरिएको छ।

    विशेषगरी, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा हावाहुरी चल्ने सम्भावना रहेकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ।

    देशभर मनसुनी वायु कमजोर रहेकाले दिउँसोको समयमा तापक्रम बढ्ने र गर्मी यथावत् रहने देखिन्छ।

    यस वर्षको मनसुन नेपालमा सरदर मितिभन्दा १५ दिनअघि नै प्रवेश गरेको थियो। जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। विशेषगरी कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सरदरभन्दा बढी वर्षाको सम्भावना औंल्याइएको छ। मनसुन सक्रिय हुँदा भारी वर्षा, बाढी, पहिरो र भूक्षयको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij