शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मनसुन सक्रिय : कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

  • प्रकाशित मिति : शनिबार, साउन १७, २०८२



  • काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ, जसका कारण अधिकांश भू-भागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहँदा मनसुनी गतिविधि बढेको हो ।

    महाशाखाका अनुसार शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा र तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । विशेषगरी, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज राति पनि देशभर मौसम बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

    भारी वर्षाको सम्भावना रहेका प्रदेशहरूमा भू-क्षय, बाढी तथा गेग्रान बहावको जोखिम बढ्ने देखिएको छ । सहरी तथा तराई क्षेत्रमा डुबानको खतरा हुन सक्ने तथा ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्ने भएकाले महाशाखाले सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    विगत २४ घण्टामा पनि देशका विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ । काठमाडौं उपत्यकासहित कोशीदेखि सुदूरपश्चिमसम्मका विभिन्न ठाउँमा वर्षा भएको महाशाखाले जनाएको छ । आगामी दिनमा पनि मनसुन थप सक्रिय हुने सम्भावना रहेकाले सबैले मौसमसम्बन्धी सूचनामा ध्यान दिन र आवश्यक सावधानी अपनाउनु महत्त्वपूर्ण छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij