शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

देशभर मनसुनी वायुको प्रभाव : पाँच प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

  • प्रकाशित मिति : शुक्रबार, साउन २३, २०८२



  • काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहे पनि जलवाष्पयुक्त हावा केही कमजोर हुँदा ठूलो वर्षाको क्रम केही मत्थर बनेको छ । यद्यपि, मौसम पूर्वानुमान महाशाखाले आज देशका पाँच प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा हाल नेपालको तराई भूभागमा अवस्थित छ, जसका कारण देशभर मनसुन सक्रिय छ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो र राति देशभर सामान्यतया बदली रहनेछ । महाशाखाका अनुसार, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    विशेषगरी, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति भने कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।

    महाशाखाले भारी वर्षा हुन सक्ने क्षेत्रहरूमा पहिरो, भू-क्षय, र नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भन्दै ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र सम्भावित जोखिमबाट बच्न विशेष अनुरोध गरेको छ । यात्रा गर्दा वा कृषि कार्यमा संलग्न हुँदा मौसमको अवस्थाबारे अद्यावधिक जानकारी लिन पनि सुझाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij