शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

विपिन जोशीको रिहाइको अन्तिम आशा : छोरा खोज्न इजरायल उडे आमा र बहिनी

  • प्रकाशित मिति : सोमवार, साउन २६, २०८२



  • काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइको लागि अन्तिम आशा बोकेर उनकी आमा र बहिनी इजरायल प्रस्थान गर्दैछन् । करिब दुई वर्षदेखि हमासको कब्जामा रहेका छोराको अवस्था अज्ञात रहँदा विक्षिप्त बनेकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशी आज (सोमबार) बिहान ९ बजे फ्लाई दुबईको विमानबाट इजरायलका लागि उड्न लागेका हुन् ।

    विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन इजरायली सरकारकै पहलमा उनीहरुलाई त्यसतर्फ लागेका हुन् । नेपालस्थित इजरायली दूतावासले नै उनीहरुको टिकटको व्यवस्था गरेको हो । इजरायलमा रहँदा उनीहरूले त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु लगायत उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यसका साथै, संयुक्त राष्ट्रसंघमार्फत विपिनको रिहाइका लागि पहल गर्ने उद्देश्यले यो भ्रमण तय भएको हो । इजरायलले नै पीडित परिवारलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याएर हमासमाथि दबाब बढाउने रणनीति लिएको छ ।

    के थियो घटना ?
    सुदूरपश्चिम विश्वविद्यालयबाट कृषिमा स्नातक गरेका विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत २०८० भदौ अन्तिम साता इजरायल गएका थिए । 
    तर, २०८० असोज २० गते (अक्टोबर ७, २०२३) मा हमासले इजरायलको दक्षिणी क्षेत्रमा अप्रत्याशित आक्रमण गर्‍यो । सोही आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने विपिनलाई हमासले बन्धक बनाएर लगेको थियो । आक्रमणको समयमा हमासले फालेको ग्रिनेडलाई बाहिर फालेर अन्य साथीहरुको ज्यान बचाउने क्रममा विपिन आफैं अपहरणमा परेको उनीसँगै रहेका साथीहरुले बताएका थिए ।

    आक्रमणको केही समयपछि इजरायली रक्षा फौजले विपिनलाई हमास लडाकुले स्थानान्तरण गर्दै गरेको एक भिडियो सार्वजनिक गरेको थियो, तर त्यसयता उनको अवस्थाबारे कुनै ठोस जानकारी बाहिर आएको छैन । यद्यपि, इजरायली सरकारले उनी जीवितै रहेको सूचना पाएको दाबी गर्दै आएको छ, तर हमासले उनको अवस्थाबारे केही बताएको छैन, जसले परिवारलाई आशा र निराशाको दोसाँधमा राखेको छ ।

    विपिनको रिहाइका लागि परिवारले नेपालमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर हारगुहार गरे पनि कूटनीतिक पहलले ठोस नतिजा दिन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरु रुँदै प्रवेश गरेको दृश्यले सबैलाई भावुक बनाएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij