शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दर्शन गरेर फर्किरहेको कार ट्रकसँग ठोकिँदा १० तीर्थयात्रीको मृत्यु

  • प्रकाशित मिति : बुधबार, साउन २८, २०८२



  • काठमाडौं । भारतको राजस्थानमा भएको भीषण सडक दुर्घटनामा ७ बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार, दौसा जिल्लामा मन्दिर दर्शन गरेर फर्किरहेका भक्तजनहरू सवार एउटा कार सडकमा रोकिराखेको पिकअप ट्रकसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको हो ।

    प्रसिद्ध खाटुश्याम मन्दिरबाट फर्किरहेका उनीहरूको कार तीव्र गतिमा रहेका कारण पार्किङमा रहेको ट्रकसँग ठोक्किएको बताइएको छ । दुर्घटना यति शक्तिशाली थियो कि कारमा सवार ७ बालबालिका र ३ महिलाले घटनास्थलमै ज्यान गुमाए । स्थानीय प्रहरी अधीक्षक सागर राणाले घटनाको पुष्टि गर्दै भने, ‘खाटुश्याम मन्दिरबाट फर्किरहेका भक्तजनहरू दुर्घटनामा परेको जानकारी आएको छ । अहिलेसम्म १० जनाको मृत्यु भएको रिपोर्ट छ ।’

    उनका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका करिब ७ देखि ८ जनालाई थप उपचारका लागि जयपुरस्थित एसएमएस अस्पतालमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij